कोहलपुर, फागुन १२,

बहीबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक बोलि बस्ने गरी स्थगित भएको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा परियोजना सम्झौता प्रक्रिया अगाडी बढाइने कार्यसूची तय गरिएको थियो । तर, अन्तिम समयमा आएर संसद बैठक भोलि १ बजेसम्मका लागि स्थगित गरिएको छ । संसद सचिवालयका सह प्रवक्ता दशरथ धमलाका अनुसार एमसीसीबारेको सम्झौता सम्बन्धी विषय कार्यसूचीमा राखिएको थियो । अन्तिम समयमा आएर सभामुखले बैठक भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

सत्ता गठबन्धन दलहरूबीच मत बाँझिएपछि एमसीसी पारित हुनेमा शङ्का देखिएको छ । सत्ता गठबन्धन दल माओवादी केन्द्रले संसदमा एमसीसीको विरोध गर्ने प्रस्ट पारेको छ भने अर्को दल नेकपा एकिकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published.