कोहलपुर, फागुन ११,

अपाङ्गता भएका व्यक्तिको राजनीतिक दलमा सहभागिता १ प्रतिशत पनि हुन सकेको छैन ।

नेपालको कुल जनसङ्ख्याको करिव ११ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू भएपनि दलले पार्टीमा अपाङ्गता भएका व्यक्तिलाई स्थान नै नदिएको अपाङ्गता भएकाहरू बताउँछन् । सत्ताधारी दल नेपाली काँग्रेसले केन्द्रीय समितिमा एकजना अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गरेको छ । माओवादी केन्द्रले पार्टीको विधानमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व २ जनामा सिमित गरेको छ ।

हाल ४ जना अपाङ्गता भएका व्यक्ति केन्द्रीय समितिमा रहेका छन् भने हालसम्म पार्टीको केन्द्रीय पदाधिकारीमा अपाङ्गता भएका व्यक्ति निर्वाचित भएका छैनन् । त्यसैगरि नेकपा एमालेले अपाङ्गता भएका व्यक्तिको सहभागीताका लागि विधानमा सुनिश्चित गरेको छैन ।

Leave a Reply

Your email address will not be published.