कोहलपुर, फागुन ७,

बाँकेको राप्तीसोनारी गाउँपालिकामा बाघ आतङ्क रोकिएको छैन ।

बाघले फेरी पनि मान्छे खाएको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. ६ डाँडाटेपरीका ६० बर्षीय धन बहादुर चलाउनेलाई बाघले खाएको हो । राप्ती सामुदायिक बनमा घाँस दाउरा गर्न गएका चलाउनेलाई बाघले शनिवार विहान ८ बजेतिर झम्टेर लगेको हो ।

प्रहरीको टोली र स्थानीयहरुले खोजतलाश गर्दा शव फेला पारेको अस्थायी प्रहरी पोष्ट फत्तेपुर ख का प्रहरी नायव निरीक्षक यज्ञ खत्रीले जानकारी दिए । यो समेत गरी बाघले बाँकेमा ५ जनालाई खाइसकेको छ । बाघ नियन्त्रणका लागि गरिएका सबै पहलहरु असफल भएका छन् ।

बाघले हरेक पटक मान्छे खान थालेपनि नियन्त्रणका लागि हात्ति सहित प्राविधिकहरुको टोली परिचालन भएका थिए । तर पनि बाघ फेला नै परेको छैन ।

Leave a Reply

Your email address will not be published.