कोहलपुर, माघ २७,

दाङको टरिगाउँ विमानस्थल स्थापना भएको ६७ वर्ष भयो । तर ठूलो आकारका जहाज उडान तथा अवतरणका लागि स्तरोन्नति नगरिएपछि सरोकारवालाहरूले भने दवाव अभियान सुरु गरेका छन् । २०११ सालमा स्थापना भएको टरिगाउँ बिमानस्थल स्तरोन्नतिका लागि पटकपटक सरोकारवाला निकायको ध्यानाकर्षण गराउने काम भइसकेको छ ।

टरिगाउँ विमानस्थल साविक राप्ती अन्चलकै गौरवको विषय भएको चर्चा गर्दै यसक्षेत्रका राजनीतिक दलदेखि नेताहरूले पनि विस्तारका लागि पहल गर्ने आश्वासन दिन्छन् । तर काम हुन सकेको छैन । सानो आकारको धावनमार्ग भएकाले नेपाल वायु सेवा निगमको १९ सिटे जहाजले हिजोआज उडान भर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.