कोहलपुर, माघ २३,

पेट्रोलियम पर्दाथको मूल्य वृद्धि विरुद्ध (विप्लव ) निकट भातृसंगठन अखिल (क्रान्तिकारी) ले कोहलपुरमा १ घन्टा चक्का जाम गरेको छन् ।

उनीहरुले पेट्रोलियम पर्दाथको मूल्य वृद्धि भएको प्रति विरोध जनाउदै कोहलपुरका सडक अवरुद्ध गरेका थिए । पदार्थको मुल्य बृद्धि सरकारले अस्वभाविक रुपमा गरेको हुनले उक्त पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता गर्न दबाब स्वरुप आइतबार विहान १० बजे दखि ११ बजे सम्म बन्द गरिएको थियो ।

कोहलपुरका चापौरगौडी, कौशीलानगर, चौराहा र पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरिएको अखिल (क्रान्तिकारी) का नेता डिबी शाहीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.