कोहलपुर, माघ २२,

हिउँदे वर्षाका कारण दाङमा ३० करोड रुपैयाँ बराबरको झण्डै तीन करोड इँटामा क्षति पुगेको जनाएको छ ।

बिहीवारदेखिको वर्षातका कारण तयारी अवस्थामा राखिएका काँचो इँटामा क्षति पुगेको छ । दाङका विभिन्न ठाउँका इँटा उद्योगमा तयारी अवस्थामा राखिएको झण्डै तीन करोड इँटा पूर्णरुपमा नष्ट हुँदा ३० करोड रुपैयाँ बराबरको क्षति भएको हो ।

पकाउनका लागि तयारी अवस्थामा राखिएका काँचो इँटामा हिउँदे वर्षाले गर्दा सबै कामै नलाग्ने गरी क्षति पुर्याएको छ । उद्योगमा तयारी अवस्थामा राखिएका काँचो इँटा झण्डै ९ देखि १५ लाखसम्मको क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published.