कोहलपुर, माघ २२,

नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय समिती बाँकेले राप्तिसोनारीमा अज्ञात समुहद्वारा स्काईभेटर जलाइएको घटनाप्रति खेद प्रकट गरेको छ ।

शनिबार प्रेस विज्ञप्ती जारी गर्दै आगजनी गर्ने व्यक्ति÷समुहलाई पहिचान गरी तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको छ । गत माघ १८ गते राप्तिसोनारीमा अज्ञात समुहले स्काईभेटर आगजनी गरेको थियो । नेपाली काँग्रेस बाँके १ नम्बर क्षेत्रीय कार्यसमितिका सचिब खुमबहादुर बस्नेतले शनिबार एक प्रेस बिज्ञप्ति जारी गरी उक्त घटनाप्रति खेद व्यक्त गर्दै कारबाहीको माग गरेका हुन ।

बिज्ञप्तिमा राप्तिसोनारी गाउँपालिका वडा नम्बर २, मसुरी बगरको लामाचौरमा राष्ट्रमुखी निर्माण सेवाका प्रोप्राईटर गौरव रावलले नियम संगत राजस्व रकम तिरी स्टक गरी राखेको नदी जन्य पदार्थ राप्तिसोनारी गाउँपालिकाबाट स्टक प्रमाणित समेत गराई उठाई लैजाने प्रयोजनका लागि पार्किङ गरी राखिएको भे१क ११११ नम्बरको स्काईभेटर राती लगभग १० बजेको समयमा एक्कासी अज्ञात समुहद्वारा आगजनी गरेको घटनाप्रति नेपाली काँग्रेस बाँके १ नम्बर क्षेत्रीय कार्यसमितिद्वारा खेद व्यक्त गरेको जनाइएको छ ।

सचिब बस्नेतद्वारा जारी बिज्ञप्तिमा ‘कानुनी शासनलाई चुनौती दिदै गरिएका यस्ता अराजक जघन्य अपराधमा संलग्न जो सुकै व्यक्ति वा समुहमाथि आवश्यक अनुसन्धान गरी तत्काल नियन्त्रणमा लिई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्नका लागि सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछ ।

Leave a Reply

Your email address will not be published.