कोहलपुर, माघ २२,

प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जिप लिवाङको ओखरपाटामा दुर्घटना हुँदा आठजनाको ज्यान

नौबहिनी गाउँपालिकाको लुङमा विवाह सकेर बेहुली लिएर गौमुखी गाउँपालिका तर्फ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान जानेमा ३९ वर्षीय वसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया वसन्ती खड्का र १३ वर्षीया छोरी एलिसा खड्का छन् । त्यस्तै ५० वर्षीय नन्दी खड्का, ३० वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर खड्का, ३२ वर्षीय खिमबहादुर खत्री र १८ वर्षीया बिपना जिसी रहेका छन् ।

बेहुला र बेहुली भने घाइते भएका छन् । बेहुली रिमा जिसीसहित अन्य घाइते हरि खड्का र नरेश खड्कालाई थप उपचारका लागि बुटवल पठाइएको छ । त्यस्तै बेहुला दानबहादुर जिसी र सावित्रा जिसीको भने जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । जीप आज बिहान ३ बजेतिर अनियन्त्रित भई सडकबाट झण्डै २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.