कोहलपुर, माघ २२,

सरकारले सरकारी सेवा लिने सेवाग्राहीहरुलाई अनिवार्य रुपमा खोप कार्ड बोक्नुपर्ने जनाएको छ ।

सबै नागरिकको पहुँचमा कोभिडविरुद्धको खोप पु¥याउनका लागि खोप कार्ड नभएकाहरुलाई सार्वजनिक सेवा नदिने नीति लिएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रले कोभिड विरुद्धको खोप लिन मानिसहरु नआउने क्रम बढेपछि सरकारले उनीहरुलाई खोपको दायरामा अनिवार्य रुपमा ल्याउनका लागि यस्तो नीति लिनु परेको प्रष्ट पारिन् ।

यो नीति लिएपछि कोभिडविरुद्धको खोप लगाउनेहरुको भीड नै लाग्न सुरु गरेको पनि उहाँले स्मरण गराईन् । मिश्रले सरकारले लिएको यो नीति मिडियामा आएजस्तो नागरिकलाई खोपबाट बञ्चित गराउन वा कसैमाथि विभेद गर्न नभएको स्पष्ट पारिन् ।

Leave a Reply

Your email address will not be published.