कोहलपुर, माघ १९,

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

निगमले गएरातिदेखि लागू हुने गरि साबिकको बिक्री मूल्यमा पेट्रोल, डिजलरमट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको हो । अब पेट्रोल लिटरको १४२ रुपैयाँ, डिजल÷मट्टितेल१ सय २५ रुपैयाँ तिर्नुपर्नेछ । यो अहिलेसम्म कै महङ्गो हो । यसअघि २०७० साल फागुन ३० गते भएको समायोजनअनुसर पेट्रोललिटरको १ सय ४० रुपैयाँसम्म पुगेको थियो ।

यस्तै निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ बढाएर लिटरको ११६ रुपैयाँ तोकिएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर १०० ले बढेर प्रतिकिलोलिटर बिक्री मूल्य १ हजार ९५ डलर कायम भएको छ । एलपी ग्यासको मूल्य भने घटबढ भएको छैन । मूल्य बढाएपनि मासिक साढे चार अर्ब घाटा रहेको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.