कोहलपुर, माघ १६,

कोरोना सङ्क्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले नियमित जानकारी दिने क्रममा बिगत ४ दिन यतादेखिको समेत विवरणहरू अद्यावधिक गरेका कारण मृत्यु हुनेको सङ्ख्या बढेको जानकारी दिनुभयो । प्रवक्ता डा. मिश्राका अनुसार मृत्यु हुनेमा वीरेन्द्र अस्पतालमा १२ जनाको र बाँकी २० जना विभिन्न अस्पतालबाट गत बिहीवारदेखि आजसम्मका सङ्क्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ६ हजार ३५९ जना सङ्क्रमणमुक्त भएका छन् । आज कोरोना हुनेको तुलनामा निको हुनेहरूको सङ्ख्या दोब्बर पुगेको छ । हाल देशभर ८३ हजार ९९९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published.