कोहलपुर, माघ १०,
काठमाडौँ किसानलाई विद्युत महशुलमा ५० प्रतिशतसम्म सहुलियत छुट दिइएको भए पनि यसबारेमा धेरै किसान भने जानकार नभएको पाइएको छ ।
सिँचाइ सुविधा विस्तारका लागि सरकारले विजुली चाहिने किसानलाई महशुलमा सहुलियत दिएको छ । आलू, गोलभेंडा र सागको व्यावसायिक खेती गर्दै आउनुभएका काठमाण्डौ तार्केश्वरका भक्तिनारायण महर्जनले विजुलीको प्रयोग गरेर पानी तान्नुपर्दा करिव ३ हजार विद्युत महशुल बुझाइरहेको बताए । उनले सरकारले दिएको यो छुटबारे जानकारी नभएको बताए ।
सरकारले भने खानेपानी, सिँचाइ, उद्योग लगायत सञ्चालनमा प्रयोग हुने विद्युतको महसुलमा छुट दिएको भन्दै यसले किसानलाई ठूलो राहत मिल्ने बताउँदै आएको छ । नेपाल विद्युत प्राधिकरणको प्रस्तावमा विद्युत नियमन आयोगले किसानको लागि विद्युत महसुल घटाएको आयोगका सचिव गोकर्णराज पन्तले बताए । सरकारले किसानका लागि गरेको व्यवस्था किसानले नै थाहा पाएका छैनन् ।