कोहलपुर, माघ १०,
रुकुम पूर्वमा सोमबारदेखि कोरोना विरुद्धको बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ ।
तीन वटै गाउँपालिकामा एकै साथ खोप अभियान सुरु गरेको स्वास्थ्य कार्यालय रुकुम पूर्वले जनाएको छ । जिल्लाका ३१ वटै स्वास्थ्य केन्द्रबाट बुस्टर डोज खोप दिने ब्यवस्था मिलाएको स्वास्थ्य कार्यालय रुकुम पूर्वका खोप केन्द्रका मनोज श्रेष्ठले बताए । माघ १२ गतेसम्म सञ्चालन हुने बुस्टर डोज खोप अभियानमा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी,सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव–वाहन चालक, महिला स्वयंसेवक लगायतलाई बुस्टर डोज खोप दिएको बताए ।
यस्तै सार्वजनिक क्षेत्र सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने सङ्घसंस्था, बैंकिङ सेवाका कर्मचारी, पत्रकार, सार्वजनिक यातायात चालक तथा सहचालक लगायतलाई पनि बुस्टर डोज खोप दिएको छ ।