कोहलपुर, माघ १०,
पाकिस्तानको सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश नियुक्त भएकी छन् ।
न्यायाधीश आयसा मलिकले सर्वोच्च आदलतको न्यायाधीशको सपथ लिएकी हुन् । बिहीबार पाकिस्तानको न्याय सेवा आयोग (जेसीपी) ले मलिकलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो । आयोगका पाँच सदस्यमध्ये चार जनाले उहाको पक्षमा मतदान गरेका थिए । सर्वोच्चका प्रधान न्यायाधीश गुल्झर अहमेदले आज नै मलिकलाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो ।
सर्वोच्चका १७ न्यायाधिसमध्ये अगस्टमा एक जना न्यायाधीशले सेवानिवृत्त पाएपछि एउटा सिट रिक्त थियो । उक्त पदमा महिला न्यायाधिस नियुक्त गरिएको अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।