कोहलपुर, माघ ९,
रुकुम पूर्व वैदेशिक रोजगारीमा रहेका हुन् वा स्वदेशमा नै काम गरिरहेका, कोरोना महामारीका कारण धेरैले रोजगारी गुमाए । रोजगारी गुमाएर गाउँ फर्किएकाहरूलाई लक्षित गर्दै रुकुमपुर्वका स्थानीय तहले रोजगारमुलक श्रमदान कार्यक्रम सञ्चालन गरिरहेका छन् । यसले स्थानीय नागरिक रोजगार पनि हुने स्थानीय क्षेत्र विकास पनि हुने गरि दोहोरो फाइदा पुग्ने जनप्रतिनिधिको विश्वास रहेको छ ।
रुकुम पूर्वका तीन वटै स्थानीय तहले स्थानीय युवाको सहभागितामा सडक,खानेपानी, सिँचाइ,कुलो मर्मत जस्ता कामहरू अघि बढाएका छन् । कोरोना महामारीका कारण बेरोजगार बनेर विदेशबाट फर्किएका युवाको लागि लक्षित गर्दै स्थानीय तहले सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम उपलब्धिमूलक देखिएको हो ।
पुषको दोस्रो सातादेखि सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सिस्ने गाउँपालिकाले ८ वटै वडाका १ सय ५३ जनालाई रोजगारी दिएको छ । उनीहरूले काम गरे बापत दैनिक प्रतिव्यक्ति ५ सय ७७ रुपैंया पाउँछन् ।