कोहलपुर, माघ ९,
बाँकेको कोहलपुरमा नयाँ प्लाई एण्ड ग्लास हाउस सञ्चालन भएको छ ।
शनिबारदेखि कोहलपुर ११ मा नयाँ प्लाई एण्ड ग्लास हाउस सञ्चालन भएको हो । नगरपालिकाको ११ मा गौतम प्लाई एण्ड ग्लास हाउस संचालन गरिएको छ । नयाँ संचालित हाउसको सांसद कृष्ण केसी ‘नमूना’ ले उद्घाटन गरेका छन् ।
हाउसमा प्लाई, सिसा, किला, कब्जा, जाली, ढोका, ढोकाको बेलन लगायतका सामग्रीहरु उपलब्ध हुने सञ्चालक दिपेन्द्र केसीले जानकारी दिए ।