कोहलपुर, माघ ९,
आईतबार देशका अधिकांश भू–भागमा मौसम बदली रहनेछ ।
जल तथा मौसम विज्ञान विभाग अन्तगर्तको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेका कारण आज देशका अधिकांश भू–भागमा मौसम बदली रहने छ । सुदुरपश्चिम, कर्णाली र मधेस प्रदेशका भू–भागमा सामान्यदेखि पूर्णतया बदली रही बाँकीप्रदेशका भू–भागमा सामान्य बदली रहेको छ। सुदुरपश्चिम, कर्णाली र मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ÷गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश न १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ÷गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । महाशाखाले आज देशभर वर्षा र हिमपात हुने भएकाले चिसो बढ्ने हुँदा सावधानी अपनाउन पनि आग्रह गरेको छ ।