कोहलपुर, माघ ८,
जिल्ला प्रहरी कार्यालय बाँकेले बलात्कारको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
जाजरकोट स्थायी घर भई हाल नेपालगञ्जमा डेरा गरी बस्ने किशोरीको अपहरणपछि बलात्कार भएको हो । किशोरीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा बाँके प्रहरीले दुई जना युवालाई पक्राउ गरेको जनाएको छ । खजुरा गाउँपालिका वडा नम्बर २ पुल्चोकमा तीन जना केटा साथीसंग फोटो खिचाइरहेकी किशोरी अपहरणमा परेकी थिईन् ।
प्रहरीका अनुसार पाँच जनाको संख्यामा आएका युवाहरुले किशोरीका केटा साथीहरुलाई कुटेर लखेटेपछि अपहरण गरेका थिए । एक जना युवाले किशोरीलाई मोटरसाइकलमा राखेर पहिले जंगलमा पु¥याएर बलात्कार गरेपछि पुनः घरमा ल्याएर बलात्कार गर्दैगर्दा प्रहरीले उनलाई पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।
नेपालगंज उप–महानगरपालिका वडा नं.१२ बेलासपुरका आबिद खान, सुरज बर्मा, कृष्ण सिंह ठाकुर र युवती खजुरा गाउँपालिका सि–गाउँ स्थित पुलचोक नजिक फोटो खिचाउन लागेको थिए । सोही बेला हरिश सुनार, सुशान्त सुनार, सुमित गाहा मगर, नबिन थापा र नेप्टे भन्ने व्यक्तिले युवतीलाई अपहरण गरेका थिए ।