कोहलपुर, माघ ८,

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि नेपालले ओमानमा तीन देशसँग टी–ट्वान्टी सिरिज खेल्ने भएको छ ।

नेपालले आयरल्यान्ड, युएई र घरेलु टोली ओमानसँग टी–ट्वान्टी सिरिज खेल्ने भएको हो । ग्लोबल छनोटको समूह ‘ए’ अन्तर्गतका खेलहरु फेबु्रअरी १७ देखि २४ तारिखसम्म ओमानमा हुँदैछ । तर छनोट अघि तयारीको रुपमा नेपालले टी–ट्वान्टी खेल खेल्न लागेको हो । ग्लोबल छनोटका लागि हिजो १६ सदस्सीय टोली घोषणा भइसकेको छ ।

Leave a Reply

Your email address will not be published.