कोहलपुर, माघ ८,

शुक्रबार बाँके जिल्लामा घाम लागेको छ ।

बिहानैदेखि जिल्लामा घाम लागेको हो । करिब १ सातापछि घाम लाग्दा चिसोले यहाँको जनजीवनमा हल्का राहत भएको छ । चिसो बढेसँगै जील्लाको जनजीवन प्रभावित भएको बनेको थियो । यस्तै मौसम बदली भएसँगै देशभर अधिकतम तापक्रम घट्दा चिसो भने बढेको नै छ । देशका विभिन्न ठाउँमा ९ डिग्री सेल्सियससम्म अधिकतम तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद्का अनुसार आउँदो सोमबारसम्म नै घाम लाग्दै बादल लाग्ने देखिएको छ । यस्तै देशका थोरै ठाउँमा भने वर्षा र हिमपात पनि हुने सम्भावना रहेको छ । यसले चिसो अझै बढ्ने भएकाले ख्याल गर्न मौसम विद्ले अनुरोध गरेका छन् । तर ठूलो वर्षा वा झरीको सम्भावना छैन ।

Leave a Reply

Your email address will not be published.