कोहलपुर, माघ ६,

कोरोनाबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न भनिएपनि दैनिक प्रयोग गर्ने मास्कको गुणस्तरबारे सरकारले चासो दिएको छैन ।

कोरोना सङ्क्रमण भित्रिएपछि पछिल्लो दुई वर्ष यता नेपालमा मास्क लगाउनेको सङ्ख्या उलेख्य बढे पनि मास्कको गुणस्तरबारे हालसम्म चासो दिएको पाइदैन । २ वर्ष अघिबाट मास्क उत्पादन गरिरहेको सिनर्जी हाइजिन कम्पनीले हाल दैनिक ५० हजार मास्क उत्पादन गरिरहेको छ । कम्पनीका निर्देशक सशाङ्ख बन्सलले मास्कको गुणस्तर मापनका लागी सरकारी निकायबाट अनुगमन नभएको बताए ।

कोरोना महामारी सुरु भएसँगै देशभर नै मास्क उत्पादक उद्योग खुलेका छन् । घरेलु तथा साना उद्योग महासंघमा दर्ता भएका उद्योगको सङ्ख्या २५ भन्दा बढि छ । बजारमा थरिथरिका सर्जिकल र कपडाका मास्क उपलब्ध भएपनि सबै मास्कहरु गुणस्तरिय नै छन् भन्ने नभएको उत्पादकहरू नै बताउँछन् ।

Leave a Reply

Your email address will not be published.