कोहलपुर, माघ ६,

विश्वभर दैनिक रुपमा कोरोना सङ्क्रमित थपिने सङ्ख्याले नयाँ रेकर्ड बनाएको छ ।

गत २४ घण्टामा मात्रै ३४ लाखभन्दा धेरै नयाँ सङ्क्रमित थपिएको वल्डोमिटरले जनाएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३३ करोड ९१ लाख नाघेको छ ।यस्तै २४ घण्टामा १७ लाख २८ हजार सङ्क्रमित निको भएसँगै विश्वभर कोरोना जित्नेको सङ्ख्या २७ करोड २६ लाख नाघेको छ ।

यसैगरी ८ हजार ५ सय ८० जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५५ लाख ८२ हजार नाघेको छ । विश्वमा अझै पनि ६ करोड सक्रिय सङ्क्रमित रहेकामा ९६ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ । यसैबीच विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले कोरोना भाइरसको सङ्क्रमण सकिएको भ्रममा नपर्न चेतावनी दिएको छ ।

डब्लूएचओका महासचिव डा. टेड्रोस गेब्रेसियसले संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँ भेरियन्ट देखिन सक्ने भन्दै तत्काल कोभिड महामारी अन्त्य नहुने चेतावनी दिए । ओमिक्रोन यसअघिका भेरियन्टभन्दा कमजोर भएको भन्दै लापरवाही हुन थालेपछि उहाँले नजरअन्दाज नगर्न विश्व समुदायसँग अपील गरे ।

Leave a Reply

Your email address will not be published.