कोहलपुर, माघ ६,

आन्तरिक हवाई यात्रामा यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ ।

यसअघि मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको भए पनि यो छोटो दूरीको हवाई यात्रामा अव्यवहारिक हुने भन्दै गृह मन्त्रालयमा हिजो बसेको बैठकमा यस्तो प्रावधान अनिवार्य नगर्ने मौखिक सहमति भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले हवाई यात्रा गर्दा यात्रुले अनिवार्य खोप कार्ड देखाउनुपर्ने, तापक्रम नापेर मात्रै यात्रा गर्न पाइने लगायतका विषयमा सहमति भएको बताए ।

यसैबीच, सरकारले कोरोना महामारीको जोखिम बढेपनि तत्काल आर्थिक गतिविधिमा प्रतिबन्ध लगाउने पक्षमा नरहेको स्पष्ट पारेको छ । कोरोनाको तेस्रो लहर फैलिएसँगै यसले अर्थतन्त्रमा पार्न सक्ने सम्भावित जोखिमबारे हिजो अर्थ मन्त्री जनार्दन शर्माले निजी क्षेत्रसँग छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published.