कोहलपुर, माघ ५,

बुधबार राति पश्चिमी भूभागको थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

बुधबार राति पश्चिम नेपालबाट पश्चिमी वायु प्रवेश गर्न लागेकाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले बताए । उनका अनुसार उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ । दिउँसो भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसँगै पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली रहने जानकारी दिए ।

यस्तै भोलि दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । देशका थोरै ठाउँ पानी पर्नुका साथै उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।
वर्षासँगै हिमपात हुने भएकाले चिसो बढ्दै भन्दै चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।

Leave a Reply

Your email address will not be published.