कोहलपुर, माघ ५,
गोरखाको मनकामना मन्दिरमा पर्सिदेखि भक्तजनलाई प्रवेशमा रोक लगाइने भएको छ ।
देशभर कोरोना सङ्क्रमण बढ्दै गएपछि पर्सिदेखि मन्दिरमा भक्तजनबाट हुने पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिले जनाएको छ । समितिको हिजो बसेको बैठकले भोलिदेखि नित्य पूजाबाहेक सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको का अध्यक्ष रामकुमार जोशीले जानकारी दिए ।
उनले माघ मसान्तसम्म मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाउने निर्णय भएको बताए । मनकामना मन्दिरमा अहिले पनि दैनिकरूपमा पाँच हजारभन्दा बढी भक्तजन पुग्ने गरेको समितिले जनाएको छ ।