कोहलपुर, माघ ४,

जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट जमुनाहा भन्सार छली ल्याउदै गरेका सामान बरामद गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० स्थित भन्सार छली ल्याउदै गरेका सामानहरु बाँके जिल्ला प्रहरी कार्यालयले बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । लत्ता कपडा, जुत्ता, सुपारी, ब्येरीङ गरी कुल जम्मा अन्दाजी मुल्य एक लाख सन्ताउन्न हजार चार सय पचास) रुपैया बराबरको सामान प्रहरीले बरामद गरेको हो ।

बरामद गरेका उक्त सामान थप आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्ज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.