कोहलपुर, पुष ३०,
अखिल नेपाल महिला संघ समाजबादी कोहलपुर नगर भेला सम्पन्न भएको छ ।
बिहीबार कोहलपुरमा सम्पन्न भेलाले नयाँ नेतृत्व समेत चयन गरेको छ । भेलाले अध्यक्षमा भावना पाठकलाई निर्विरोध चयन गरेको हो । पाठक अध्यक्ष रहेको भेलाबाट ३१ सदस्यीय कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा टिका नेपाली, सविना शाही रहेका छन् ।
यस्तै सचिवमा शान्ता विष्ट, सहसचिवमा माया थारु, कोषाध्यक्षमा दिपा नेपाली निर्विरोध चयन भएका हुन् । भेलामा अखिल नेपाल महिला संघ समाजवादी बाँकेका अध्यक्ष नारायणी वली, केन्द्रिय कमिटी सदस्य एबं बाँके जिल्ला सह–इन्चार्ज अब्दुल हुसेन खाँ लगायत उपस्थिति रहेको थियो ।