कोहलपुर, पुष २९,
नेकपा एमाले भित्र देखिएको विभाजनको कारण सङ्घीय संसद लामो समयदेखि प्रभावित हुँदै आएको छ ।
एमालेका पुर्व नेता माधव कुमार नेपालसहित पार्टीबाट छुटेर नयाँ पार्टी एकीकृत समाजवादी बनाएका नेताहरूलाई कारबाही गर्नुपर्ने माग गर्दै एमालेले संसदमा निरन्तर अबरोध गर्दै आइरहेको छ । आफूहरूले कारबाही सिफारिस गरेका सांसदलहरूलाई सभामुख अग्नि सापकोटाले सांसद पदबाटै हटाउनुपर्ने माग सहित एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनमा विरोध गर्दै आइरहेको छ ।
साउनदेखिका सबैजसो बैठकमा एमालेले विरोध गर्दै आएको भएपनि कतिपय विधेयक र अध्यादेशहरू भने संसदबाट पारित भइरहेका छन् । हाल राष्ट्रिय सभामा १५ र प्रतिनिधिसभामा ४२ विधेयक छलफलको क्रममा रहेका छन्, तर संसद अवरोधका कारण ती विधेयकमाथिको छलफल प्रभावित भइरहेको छ ।