कोहलपुर, पुष २८,

बाँके जिल्लामा विद्यार्थीलाई दिइने ४५ प्रतिशत सहुलियतको कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ ।

जिल्लामा सन्चालित लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका साधनमा विद्यार्थीलाई दिइने ४५ प्रतिशत सहुलियतको कार्यान्वयन गर्न बाँके प्रशासनले अपिल गरेको हो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीको अध्यक्षतामा बसेको सर्वपक्षीय वैठकले सहुलियतको कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

आन्दोलनरत विद्यार्थी संगठन, यातायात व्यवसायी अन्य सरोकारवालाहरू बिच भएको छलफलले नेपाल सरकार, यातायात व्यवस्था विभागले गरेको निर्णय परिपत्रहरुलाई पालना गर्दै विद्यार्थी, अपाङ्ग, जेष्ठ नागरिकलाई तोकिएको दरले सहुलियत दिने व्यवस्थालाई कार्यान्वयन गर्न जिल्लामा सञ्चालन रहेका यातायात व्यवसायी, प्रा.ली लाई अनिवार्य लागु गर्ने निर्देशन दिएको छ ।

सरकारले सार्वजनिक यातायातका क्षेत्रमा विद्यार्थीलाई ४५ प्रतिशत, ६० बर्ष उमेर पुगेका जेष्ठ नागरिक तथा अपाङ्गलाई आरक्षण सहित ५० प्रतिशत सहुलियत दिने निर्णय गरेपनी बाँकेमा कार्यान्वयन भएको छैन ।

Leave a Reply

Your email address will not be published.