कोहलपुर, पुष २८,

जिल्ला प्रहरी कार्यालय बाँकेले ठुलो परीणाममा लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार नेपालगंज उप–महानगरपालीका वडा नं. २० राँझा चोकस्थित सडक खण्डमा कार्यालयबाट खटिएको प्रहरी टोलिको टोलीले सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा नं.८ घर बताउने बर्ष ४२ का बिवेकशील मल्ललाई पक्राउ गरेको हो । मल्ललाई चेकजाँच गर्ने क्रममा रुची खाने तेलको कार्टुन हातमा समाती शंकास्पद रुपमा उभि रहेको बेला प्रहरी टोलीले शंका लागि सोधपुछ गर्दा उनी पक्राउ परेका हुन् ।

निजको खान तलासी लिदा निजको हातमा समातेको रुची तेल लेखिएको कार्टुन खोलेर हेर्दा काटुन भित्र बिसलरी लेखिएको पानीको १÷१ लिटरको ४ वटा बोतलमा ४ लिटर लागू औषध कोरेक्स जस्तो देखिने तरल पदार्थ र सोही कार्टुनमा रहेको १०० पत्तामा रहेको १००० क्यापस्सुल प्रतिबन्धित औषधी (ट्रमाडोल), मोबाईल थान १ र रु. १५,०००।– नगद बरामद गरिएको छ ।

बरामद गरिएका लागू औषध कोरेक्स जस्तो देखिने तरल पदार्थ, प्रतिबन्धित औषधी, नगद रुपैया र मोबाईल सहित मल्ललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.