कोहलपुर, पुष २५,
ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले कटुवा पेस्तोलसहित १ जनालाई पक्राउ गरेको छ ।
इ.प्र.का. कोहलपुरले नेपालगन्ज १३ बस्ने पंकज कुर्मीलाई गनापुरबाट कटुवा पेस्टोलसहित पक्राउ गरेको हो । कुर्मीलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले आईतबार दिउँसो साढे २ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं.२० गनापुरबाट पक्राउ गरेको इलाका इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी खनालले बताएका छन् ।
पेस्टोलसहित कुर्मीलाई इप्रका कोहलपुरको हिरासतमा राखी थप अनुसन्धन भइरहेको डिएसपी खनालले बताएका छन ।