कोहलपुर, पुष २५,

नेपाल यतिबेला कोरोना महामारीको तेस्रो चरणको लहरको जोखिममा छ ।

छिमेकी मलुक भारतमा कोरोना सङ्क्रमणको दर बढेसँगै नेपालमा पनि सङ्क्रमण हुनेहरुको सङ्ख्या बढ्न थालेको छ । भारतसँग सीमा जोडिएका मुख्य अस्पतालमा कोरोना महामारीलाई ध्यानमा राखी तयारी पनि सुरु भएको छ । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेश, कोरोनाका कारण उच्च जोखिममा रहँदै आएको छ । विशेषगरी खुला सीमानाका कारण सुदूरपश्चिमका विभिन्न जिल्ला कोरोनाका कारण उच्च जोखिममा पर्दै आएको छ ।

भारतमा कोरोनाको जोखिम बढेसँगै सेती प्रादेशिक अस्पताल तयारी अवस्थामा छ । लुम्बिनी प्रदेशको बाँके जिल्ला कोरोना महामारीको दुबै चरणको लहरका कारण सबैभन्दा बढी प्रभावित बन्यो । सीमा नाकाबाट भित्रिनेहरुमा कोरोना सङ्क्रमण दर बढेपछि अस्पतालपनि तयारीमा जुटेको छ । भारतसँग खुला सीमानाका कारण पनि नेपालमा कोरोनाको जोखिम उच्च हुन्छ ।

पछिल्लो केही दिनदेखि अस्पतालमा फेरि कोरोनाका कारण सङ्क्रमित भएर अस्पताल आउनेको सङ्ख्या बढेको छ । कोरोनाको बढ्दो दरसँग सम्भावित जोखिमलाई ध्यानमा राखेर अस्पतालले आफ्नो तयारी पूरा गरिसकेको छ । कोरोनाको दुई चरणको लहरको सामना गरिसकेको नेपालले अब तेस्रो लहरको सामना गर्नु पर्ने स्थिति देखिएको विज्ञहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published.