कोहलपुर, पुष २२,

प्रधानमन्त्री समेत रहनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूखुसी रुपमा केन्द्रीय सदस्य मनोनित गरेको भन्दै सस्थापन इतर समुहले असन्तुष्टि जनाएको छ ।

सभापतिमा पराजित काँग्रेस नेता डा. शेखर कोइरालाले हिजो आफू पक्षिय नेताहरूलाइ बोलाएर सभापति देउवाले कुन मापदण्डका आधारमा केन्द्रीय सदस्य मनोनित गरिएको हो ?भन्ने प्रश्न उठेको बताउनुभएको थियो । नेपाली काँग्रेसका शिर्ष नेताहरूले १४ औं महाधिवेशनपछि गुटउपगुट अन्त्य गर्ने दाबी गर्ने गरेका थिए, युवा नेता कार्यकर्ता पनि यसपटकबाट पार्टीभित्रको गुट अन्त्य होला कि भन्ने विश्वासमा रहेका थिए ।

तर फेरि पनि काँग्रेस भित्र संस्थापन, इतरपक्ष र त्यसभित्र पनि गुट, उपगुट निर्माण हुने क्रम रोकिएको छैन । काँग्रेसका नेता कार्यकर्ता यस पटकको महाधिवेशनले पार्टी भित्रको गुट अन्त्य गर्ने आसमा रहेका थिए ।

Leave a Reply

Your email address will not be published.