कोहलपुर, पुष २१,
जिल्ला प्रहरी कार्यालय बाँकेमा मंगलबार आयोजित प्रहरी अधिकृतहरुलाई दज्र्यानी चिन्ह सशोभिन कार्यक्रम सम्पन्न भएको छ ।
बाँकेमा जनपद प्रहरी समूह तर्फको प्रहरी हवलदारबाट प्रहरी सहायक निरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतलाई हार्दिक बधाई तथा स्वागत गर्दै दज्र्यानी चिन्हद्वारा सुशोभिन गरिएको हो । प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले दज्र्यानी चिन्ह्द्धारा सुशोभन गरेका हुन् ।
प्रहरी उपरीक्षक अधिकारीले पदोन्नति भएका प्रहरी सहायक निरीक्षकहरुलाई थप जिम्मेवारी सहित कुशलता पुर्वक जिम्मेवारी निर्वाह गर्दै पारिवारीक तथा ब्यवसायिक जिवन सफलताको शुभकामना ब्यक्त गरेका थिए । उनले पदोन्नतिले थपेको नवीन उर्जालाई सदुपयोग गरी आमनागरिकप्रति थप जिम्मेबार भई व्यावसायिक भूमिका निर्वाह गर्दै काम गर्न निर्देशन दिए ।
यस्तै अनिवार्य अवकाश प्राप्त गरेका प्रहरी निरीक्षक मोहम्मद रफिक जोलाहको विदाई गरिएको छ । नेपाल प्रहरीमा मिति २०४९ फागुन १५ गतेदेखि प्रहरी जवान पदमा सेवा प्रवेश गरी प्रहरी निरीक्षकसम्म पदोन्नती भएका जोलाहले अनिवार्य अवकाश प्राप्त गरेपछि विदाई गरिएको हो ।