कोहलपुर, पुष २१,

नेपाली कांग्रेसको १६ वटा जिल्लाको अधिवेशनको मिति सरेको छ ।

राष्ट्रियसभा चुनावको कारण कांग्रेसको जिल्ला अधिवेशन सरेको हो । यसअघि पनि कांग्रेसको जिल्ला अधिवेशन विभिन्न कारणले पटक पटक सर्दै आएको थियो । अधिवेशन हुन बाँकी १६ वटा जिल्लाको अधिवेशन यहि पुसको २७ गते गर्ने कार्यतालिका रहेकोमा सारेर माघको १५ गतेलाई नयाँ मिति तोकिएको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

नेपाली कांग्रेसले प्रदेश दुईका सबै आठ वटा जिल्ला, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला अधिवेशन गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published.