कोहलपुर, पुष २१,

आधारभुत अस्पताल कोहलपुरमा स्थानीय नागरिकहरुको सहजताका लागि ओ.पि.डी. सेवाको सुरुवात गर्ने भएको छ ।

नागरिकहरुलाई सर्वसुलभ र गुणस्तरिय स्वास्थ्य सेवा दिने उद्देश्य सहित आधारभुत अस्पताल कोहलपुरले ओ.पि.डी. सेवाको सुरु गरेको अस्पतालमा कार्यरत डाक्टर सन्तोष बुढा क्षेत्रीले बताए । मंगलबार एक कार्यक्रमका बिच कोहलपुर नगरपालिकाका नगर प्रमुख लूट बहादुर रावतले ओ.पि.डी. सेवाको सुभारम्भ गरेका हुन् ।

सेवाको उद्घाटन गर्दै नगर प्रमुख रावतले नियमित रुपमा आधारभुत अस्तपालमा जनताको उपचार गरिने बताए । उनले स्वास्थ्यमा आत्मनिर्भर बनाउने उद्देश्यले अस्पतालको परिकल्पना गरिएको स्पष्ट पारे । स्वास्थ्यको पहुँच सबै नागरिकहरुमा पु¥याउने उद्देश्यसहित अस्पतालको भौतिक पूर्वाधार कोहलपुर नगरपालिकाले बनाएको हो ।

Leave a Reply

Your email address will not be published.