कोहलपुर, पुष १८,
बाँके जिल्लामा आईतबार अत्याधिक चिसो रहेको छ ।
आज न्यूनतम तापक्रम ८।८ डिग्री सेल्सियससम्म झरेको छ । यो तापक्रम देशभरकै न्यूनतम हो । मौसम विज्ञान विभागका अनुसार विभागले यो वर्ष अझै चिसो बढ्ने संभावना रहेको जनाएको छ । बाँके सहित कोहलपुरमा हुस्सु/कुहिरो लागेको छ ।
आईतबार न्यूनतम तापक्रम माईनस ० डिग्री सेल्सियस रहेको छ । शनिबार अधिकतम तापक्रम माईनस ० डिग्री सेल्सियस रहेको थियो भने न्यूनतम तापक्रम माईनस ०डिग्री सेल्सियस रहेको थियो । आईतबार नेपालगंजको तापक्रस न्यूनतम तापक्रम १८।५ डिग्री सेल्सियस रहेको छ । न्युनतन तापक्रम ८।८ रहेको छ ।
आगामी २४ घण्टाको आंकलन अनुसार केहि स्थानहरूमा कुहिरो लागेको छ र अपरान्हसम्ममा हटेर जाने सम्भावना रहेको छ । देशभर चिसो बढ्ने क्रम रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ । बाँके, कञ्चनपुर, कैलाली, बर्दिया, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी–पूर्व, नवलपरासी–पश्चिम लगायतका तराईका जिल्लामा बाक्लो हुस्सु लागेको छ ।
चिसोको असरका कारण कोहलपुर लगायत बाँकेको तापक्रम अत्यधिक कम भएपछि जनजीवन पूरै ठप्प हुन पुगेको । अत्यधिक चिसोका कारण चारैतिर हुस्सु र कुहिरो लागेको छ । कोहलपुरको जनजीवन अस्तव्यस्त भएको छन् । आज बढ्दो चिसो सँगै बाक्लो हुस्सुको कारणले मालबाहक ट्रक कोहलपुर–नेपालगंज सडक खण्डको पार्वतीपुर हनुमान मन्दिर अगाडि बाटो बिराएर ठुलो दुर्घटना हुन बाट बचेको छ । थोरैले मात्र गाडि खाडलमा खस्न बाट जोगिएको हो ।
यस्तै चिसो बढेसँगै न्यानो कपडाको व्यापार बढेको छ । पुषको दोस्रो सातादेखि चिसो बढेसँगै न्यानो कपडाको माग बढेको व्यापारीले बताएका छन् । कपडा पसलमा ज्याकेट तथा अन्य बाक्लो कपडाको माग बढेको छ । कोहलपुरका प्रत्येक कपडा पसल तथा फुटपात पसलहरुमा न्यानो कपडा किन्नेको भीड बढेको छ ।
तस्बिर : दिनेश रेग्मी