कोहलपुर, पुष १३,
देशका धेरै ठाउँमा दुई दिन वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ ।
वर्षा र हिमपात हुने भन्दै यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । पर्सिसम्म नै यात्रा र हिमाल आरोहणमा नजान मौसम पूर्वानुमान महाशाखा वरिष्ठ मौसमविद्ले आग्रह गरे । पश्चिमी वायुको प्रभावले आज र भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने सम्भावना छ । यसकै प्रभावले अहिले सुदूरपश्चिम र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ ।
यो प्रणाली सुदूरपश्चिमबाट मध्ये क्षेत्र हुँदै प्रदेश १ सम्म नै फैलिने भएकाले दिउँसोपछि देशभरी नै पानी पर्ने उहाँको अनुमान छ । क्रमिक रुपमा आज र भोलि पानी पर्ने क्रम बढ्ने मौसमविद्को भनाइ छ । उहाँका अनुसार पर्सि बिहीवार दिउँसोपछि भने मौसम खुल्दै जाने छ । हिउँ र पानी परेसँगै चिसो बढ्ने भएकाले सचेत हुनमहाशाखाले आग्रह गरेको छ ।