कोहलपुर, पुष १२,
नेकपामा ओवादी केन्द्रको ८ औं राष्ट्रिय महाधिवेशन अन्र्तगत अहिले बन्दसत्र चलिरहेको छ ।
काठमाडौंको कमलादी स्थित प्रज्ञा भवनमा विहान देखि बन्दसत्र जारी छ । माओवादी केन्द्रले ७ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रूपा श्रेष्ठ महर्जन रहेका छन् । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनितिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
अध्यक्ष प्रचण्डले पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव राख्नुभएको छ भने पार्टीका नेता कार्यकर्ताले अनिवार्य शारीरिक श्रम गर्नुपर्ने प्रस्ताव पनि उल्लेख छ । पार्टीका हरेक नेता कार्यकर्ताले वर्षमा कम्तीमा १५ दिन शारीरिक श्रम गर्नुपर्ने प्रचण्डको प्रस्ताव छ । मओवादीले जितेको स्थानीय तहमा ५० युवालाई कृषि काममा लगाउने पनि प्रस्ताव पनि प्रचण्डको रहेको छ ।