कोहलपुर, पुष ६,
लालपुर्जाको माग गर्दै बाँदरझुला सुकुम्बासी बस्तीका नागरिकले काठमाडौंको माईतीघरमा आन्दोलन गरिरहेका छन् ।
चितवनको माडी स्थित बाँदरझुला सुकुम्बासी बस्तीका ४२ जनाको समूह लालपुर्जा माग गर्दै काठमाडौँ आएका हुन् । लालपुर्जा खोज्दै काठमाडौँ आउनेहरूको समूहमा महिला धेरै छन् । लालपुर्जा लिएरै फर्कने अठोट लिएर आन्दोलनमा आएकाहरूले खाजा सामल र खर्च बर्च बोकेर आएको बताएका छन् । चितवनको माडी नगरपालिकास्थित बाँदरझुलाको सुकुम्बासी बस्तीमा ३० औं वर्ष देखि मानिसहरु बस्दै आएका छन् ।
उनिहरूसँग घर छ, जग्गा छ तर आफ्नो नाममा छैन । चितवनको माडी, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र पनि हो ।