कोहलपुर, पुष ६,

प्रतिनिधि सभाको बैठक मंगलबारका लागि बोलाइएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा केही विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । सङ्घीय संसदका महासचिव भरतराज गौतमका अनुसार आजको बैठकमा सांसद प्रेम सुवालले “यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्ने, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दीलेन्द्र प्रसाद बडूले “यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भन्ने प्रस्ताव गर्ने, सांसद सुवालले नै “फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्ने कार्यसूची छ ।

मन्त्री बडूले नै “फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published.