कोहलपुर, पुष ४,

शनिबार बाँकेको कोहलपुरमा सुरक्षाकर्मीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

नेपालगन्ज मेडिकल कलेज टिम (एनजिएमसी), एनजिएमसी यूथद्धारा सुरक्षाकर्मीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेका ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको जनाएको छ ।

मेडिसिन विभागमा कार्यरत डा. चेतन न्यौपाने, नाक, कान, घाँटी विभागमा कार्यरत डा. रबि के.सी, छालारोग विभागमा कार्यरत डा.जेनी थापा, कम्यूनिटि मेडिसिन विभागमा कार्यरत डा. स्वकृति कोइराला र इमरजेन्सी विभागमा कार्यरत डा. देवेन्द्र आचार्यले प्रहरीहरुको स्वास्थ परिक्षण गरेका थिए ।

उनीहरुको मधुमेह, रक्तचाप, नाककान घाँटी, छाला र आँखा सम्बन्धि सम्पूर्ण स्वास्थ परिक्षण गरिएको हो । स्वास्थ्य परीक्षणमा कार्यक्रममा आँखा रोग विभागका प्रोफेसर तथा विभागीय प्रमुख डा. नन्दा कुमारी गुरुङ्ग, कम्यिुनिटी मेडिसिन विभागकी ऐसिस्टेन्ट प्रो. डा. मेरिना श्रेष्ठको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.