कोहलपुर, संसिर २९,
संसद् अधिवेशन सुरु भएसँगै संसदीय समितिहरु पनि सक्रिय हुने अपेक्षा गरिएको छ ।
संसद् बैठक नहुँदा संसदीय समिति निस्क्रिय जस्तै हुने गरेका छन् । सरकारका काम कारबाही निगरानी गर्ने र सरकारलाई पारदर्शी तथा जवाफदेही बनाउन संसदीय समितिको भूमिका महत्वपूर्ण हुने भएपनि संसद चालु नरहेको समयमा समितिले प्रभावकारी भूमिका निर्वाह गर्न सकेका छैनन् । कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल र अन्तराष्ट्रिय सम्बन्ध समिति सभापति पवित्रा निरौला खरेलले अहिले सबैजसो पार्टीको महाधिवेशन भएकाले समितिका बैठक प्रभावकारी तरिकाले चल्न नसकेको बताए ।
संसद् नचलेको बेला समिति बैठकमा गणपुरक नै पु¥याउन समस्या हुने समिति सभापतिहरु बताउँछन् । नियमित संसद् नचलेपनि सरकारले गरेका हरेक कामप्रति समितिले चासो राख्नुपर्ने र सरकारका कामप्रति जानकारी लिने तथा पारदर्शीताबारे ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन् ।