भारतमा कोरोना संक्रमण तिब्र गतिमा बढिरहेको छ । कोरोना संक्रमण भयावह भएपछि बि’रामीले बेड तथा लाश जलाउने ठाउँसमेत नपाएको समाचारहरु बा’हिरिएका छन् ।सोमबार मात्र अक्सिजनको अ’भावमा एक महिलाले आफ्नो श्रीमानलाई मुखले अक्सिजन दिएको फोटो निकै नै भाइरल भएको थियो ।
पछिल्लो समय एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। आन्ध्र प्रदेशको स्रिकाकुलममा खिचिएको उक्त भिडिओमा दुई जना युवकले एक जना महिलालाई बीचमा राखेर मोटरसाइकल चलाइरहेका छन्। समाचारमा जनाइएअनुसार गत सोमबार म’न्डासा म’न्डल गाउँकी ती ५० वर्षीय महिलालाई को’रोनाभाइरसका लक्षणहरू देखिएपछि ज’चाउन लगिएको थियो।
तर जाँचको रिपोर्ट नआउँदै उनको मृ’त्यु भयो। अस्पतालले उनको श’वलाई घरसम्म लैजान कुनै सवारी व्यवस्था गर्न सकेन। त्यसपछि उनका छोरा र ज्वाइँले मोटरसाइकलमा राखेर महिलाको शव १५ किलोमिटर टाढाको घर लिएर गए। भिडिओमा छोरा र ज्वाइँले महिलाको अवस्थाबारे एक जना प्रहरीलाई बताएको देखिन्छ। भिडिओ