अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिल एवम् न्यूयोर्कका पूर्वमेयर रुडी जुलियानीको म्यानहटनस्थित घर तथा कार्यालयमा अमेरिकामा संघीय जाँच ब्यूरो (एफबीआई) ले छापा मारेको छ।

 

युक्रेनसँग लिएर उनको कारबाहीका सम्बन्धमा खानतलासी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

संघीय अभियोजनकर्ताहरूले युक्रेनी अधिकारीहरूलाई जो बाइडनविरुद्ध राजनीतिक रूपमा दुरुपयोग गर्न सकिने सूचना दिन बाध्य पार्न खोजिएका आरोपित गतिविधिमा जुलियानीको संलग्नताबारे छानबिन गरिरहेका थिए। ती गतिविधिकै कारण सन् २०१९ मा तत्कालीन राष्ट्रपतिलाई पहिलो पटक महाभियोग लगाइएको थियो।

बुधवार जुलियानीको अपर इस्ट साइड मेडिसन एभेन्यु अपार्टमेन्ट तथा पार्क एभेन्युस्थित अफिसमा छापा मारिएको थियो। न्यूयोर्क टाइम्सका अनुसार अधिकारीहरूले त्यहाँबाट विद्युतीय उपकरणहरू सहितका सामग्री जफत गरेका छन्। –एजेन्सी

Leave a Reply

Your email address will not be published.