आज म कोभिट १९ बारे केही भन्न र जानकारी गराउन गइरहेको छु। अहिले भारतमा कतिपय बिरामीहरु कोरोना पोजेटिभ भएर बिरामी बेड नपाएर घरमै मृत्यु भएको छ। अस्पतालमा

बेड पाउनेहरु पनि अक्सिजन नपाएर अस्पतालमै मृ’त्यु भएको अवस्था छ। कतिपयलाई आईसीयू मिलेको छैन कतिपयलाई पाइप लाइन मिलेको छैन। त्यसैले बिरामीको अवस्था एकदमै नाजुक भएको छ।

त्यसैले कोभिड १९ को सामु भारतले घुँडा टेकिसकेको अवस्था छ। भारतले नियन्त्रण गर्न सकेको छैन त्यसैले अस्पतालमा बिरामीहरुलाई अक्सिजन दिन नसकेर डाक्टरहरु लाचार

भएका छन्। त्यसैकारण म मेरो अस्पतालमा पनि आइसीयूमा राख्न बेड छैन। आईसीयूको कुरै नगरौँ वार्डमा बेड छैन। बिरामीलाई एउटा सिलिण्डर दिन सकेको छैन।

अक्सिजन नपाएर धेरै कोभिडका बिरामीको मु’त्यु भइरहेको छ। मृ’त्यु भएको बिरामीको दाहसंस्कार गर्ने घाटमा जमिन नभएर २४ घण्टा ४८ घण्टादेखिका लासहरु बाहिर नै सडेर बसेको अवस्था छ।

त्यसैले गर्दा नेपाली दाजुभाइहरु तपाँईहरु जहाँ हुनुहुन्छ सतर्क भएर बसिदिनु होला।र अर्को कुरा नआत्तिकन तपाइँहरु जहाँ हुनुहुन्छ सोही स्थानमा सुरक्षित भएर बसिदिनु होला यहाँबाट नेपाल गएर पिसिआर रिर्पोट लिएर जानुहुन्छ तर घर जान ३ दिन लाग्छ।

तर त्यो समयमा पनि कोभिड लाग्न सक्छ, तपाइँलाई लाग्यो भने परिवारलाई लाग्न सक्छ परिवारलाई लाग्यो भने समूदाय हुँदै सारा देशमा लाग्छ।

अहिले नेपालको अवस्था एकदमै शान्त छ। त्यसैले नेपालमा भारत जस्तो परिस्थिति भोग्न नपरोस्। भारत जस्तो परिस्थिति निर्माण भयो भने नेपालले नियन्त्रण गर्न सक्दैन। किनकी हाम्रो सानो देशमा आवश्यक जनशक्ति छैन, गुणस्तरीय अस्पताल र औषधि छैन।

भारतमा जति औषधि उत्पादन हुन्छ, जति अक्सिजन ग्यास उत्पादन हुन्छ त्यति नेपालमा छैन। अहिले यो संक्रमणकालीन परिस्थितिमा कोरोनासँग भारत झुकेको अवस्था छ। त्यसैले नेपालमा यो खाले परिस्थति निर्माण भयो भने नियन्त्रणभन्दा बाहिर जान्छ।

त्यसैले नेपाली जनताहरुले पनि यो बुझ्नु पर्छ कि भारत जस्तो भयो भने हामीले केही गर्न सक्दैनौँ। र हामी पनि लाचार हुन्छौँ। त्यसैले तपाइँहरु सतर्क र सुरक्षित रहनुहोला। र म नेपाल सरकारलाई के आग्रह गर्छु भने चाँडोभन्दा चाँडो नेपालमा पनि लकडाउन गनुपर्यो। नेपालमा यो महिना विहे पार्टी चलिरहेको छ।

यो सब बन्द गरेर कडाइका साथ सरकारले लकडाउन गर्नुपर्छ।अहिले भारतको अस्पतालहरुमा बिरामी राख्ने बेडहरु कँहि पनि खाली छैन, बिरामीहरुले बेड नपाएर दिनभर एम्बुलेन्समै घुमेर साँझ एम्बुलेन्समै मृ’त्यु भएको अवस्था छ।

नेपालको परिदृश्य देखेर म अचम्म परेको छु। खुला सीमा भएको देश भारतमा यस्तो अवस्था आउँदा नेपालमा भने धुमधामका साथ पार्टी विहे चलेको छ। टिकटक बनाउन पार्क, गाड्रेनहरुमा

भिडभाड गरेको अवस्था छ। फोटो सुटका लागि ठूला ठूला होटेलहरुमा पार्टी गरेको अवस्था छ। यस्तो हुँदासम्म नेपालीहरुले किन बुझेका छैनन्?

यसको मतलब यो हैन कि तपाइँहरु विहे नै नगर्नुहोस्, रमाइलो नगर्नुहोस् तर विहे गर्दा देखावटी नगर्नुस्। नेपालमा अहिले क्षणिक भाइरल हुन विभिन्न फोटो र भिडियो सुट गर्छन यो एकदमै गलत हो। त्यसैले सबै नेपालीलाई भारतले भोगेको यो दुर्घटनाबाट पाठ सिक्न आग्रह गर्दछु।

मैले चिकित्सक पेशा गरेको १० बर्ष भयो आफले उपचार गरेको बिरामी अहिलेसम्म एक जना मरेको रेकर्ड छैन, तर अहिले भारतको अवस्थाले म आफै कुन अवस्थामा पुग्छु र म आफै बाँच्छु या बाँच्चदिन म आफैलाई थाहा छैन।

अर्को कुरा विशाल भारत देशमा अहिले सामान्य औषधिको ट्याब्लेटसम्म हाहाकार हुन थालेको छ। त्यसैले नेपालमा यस्तो खाले अवस्था नआओस् भनेर सरकारसँग लकडाउन गर्न र नेपाली

जनता सतर्क र संयमित हुन आग्रह गर्दछु। हजार दुई हजार संक्रमित भएपछि लकडाउन गर्छु भन्ने सरकारको मनाशय छ भने नेपाल सरकारलाई चुनौतीका साथ भन्छु त्यो नियन्त्रण भन्दा बाहिर जानेछ।

र भारतमा भएका नेपाली दाजुभाइहरु पनि तपाइँहरु पहिलेको जस्तो हुनुहुन्न सबै शिक्षित हुनुहुन्छ, कुरा बुझ्नु हुन्छ। त्यसैले नेपाल नजानु जहाँ हुनुहुन्छ त्यँहि सुरक्षित भएर बस्नु होला, तपाइँ पोजेटिभ हुनुभयो भने परिवार, समाज र देश नै पोजेटिभ हुनेछ।

Leave a Reply

Your email address will not be published.