रौतहट । रौतहटमा कोरोना संक्रमणका कारण एकजना वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौर नगरपालिका वडा नम्बर २ महादेवपट्टीका ७० वर्षिय जगदिश बैठा रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार वैठा केही दिन अगाडि जिल्ला अस्पताल गौरमा उपचारका लागि आएका थिए ।

पहिलेदेखि दमको रोगी रहेका उनको स्वाव संकलन गरेर परीक्षण गर्दा संक्रमण देखिएको थियो प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो । संक्रमण देखिएका उनलाई थप उपचारको लागि अन्य जिल्लाको सुविधा सम्पन्न अस्पतालमा लैजाने तयारी गर्दागर्दै ग‌एराति घरमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कोरोनाको दोस्रो लहरमा चलेपछि रौतहटमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने वैठा पहिलो व्यक्ति हुन् । रौतहटमा कोरोनाको कारण हालसम्म १५ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.