भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले कुनै नेपालीलाई सहयोग आवश्यक भए सम्पर्क गर्न अनुरोध गरेको छ ।दूतावासबाट मंगलवार जारी सूचनामा भारतको ९२०५१९५००९ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।
दूतावासले सम्पर्कका लागि इमेल, ह्वाट्स एप नम्बरमा समेत जारी गरेको छ ।स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण पालना गर्न र अत्यावश्यक बाहेक घरबाहिर ननिस्किन समेत अनुरोध गरेको छ ।
थप समाचार – कोरोना भाइरसको ह’टस्पट भारतमा कोरोनाको महामारी दिनदिनै भ’यावह बन्दै गएको छ । प्रत्येक दिन विश्वमै सबैभन्दा बढी संक्रमित थपिरहेका छन् भने मृ’त्युदर पनि बढिरहेको छ ।गएको २४ घण्टामा ३ लाख २३ हजार १४४ नयाँ संक्रमित थपिएका छन्।
त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा भारतमा २७ सय ७१ को कोरोनाकै कारण ज्यान गएको छ। पछिल्लो समय भारतमा दैनिक ३ लाखभन्दा बढीको दरमा कोरोना संक्रमित थपिरहेका छन्। यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ करोड ७६ लाख ३६ हजार ३०७ पुगेको छ।
मृ’तकको संख्या भने एक लाख ९७ हजार ८९४ पुगिसकेको छ। तीन लाखभन्दा बढी संक्रमित थपिएको यो लगातार छैठौं दिन हो । यसै गरी २ हजारभन्दा बढी म’रेको लगातार सातौं दिन हो । कोरोनाको महामारी सुरु भएयताकै सबैभन्दा ड’रलाग्दो आँ’कडा अप्रिलमा देखिएको छ ।
त्यसमा पनि पछिल्लो सात दिनको आँकडाले झन् अ’त्याउँछ । अप्रिल महिनामा अहिलेसम्म ३४ हजार ५ सय ९५ जनाले ज्यान गु’माएकोमा तीमध्ये १७ हजार ३ सय ३३ जनाको मृ’त्यु पछिल्लो सात दिनमा भएको हो । महामारी सुरुभए यता सबैभन्दा बढी मृ’त्युको रेकर्ड गत वर्षको सेप्टेम्बरमा कायम भएको थियो ।
तर, त्यसलाई अप्रिलका एक साता बाँकी रहँदै त्यो रेकर्ड तो’डिएको छ । यसैगरि, गत मार्च महिनाभन्दा अप्रिलमा ६ गुणा बढीले ज्यान गु’माएका छन् ।संक्रमितको संख्या पनि अप्रिलमा उ’च्च दरले बढेको छ । अप्रिलमा हालसमम ५० लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।