चर्चित हाँस्य कलाकार दिपकराज गिरीले बिहिबार एकाबिहानै मायाका शब्दहरु सामाजिक संजलामा सार्वजनिक गरे । उनले एक तस्बिर शेयर गर्दै मायाभरि शब्दहरु खर्चे । उनले आफ्नी श्रीमति मेनुक गिरिको जन्मदिनको शुभकामना दिदैँ मिठा शब्दहरु पोखेका छन् ।

उनले लेखेका छन्, ‘ आउ हिसाब गरौ ! तिमिले आज जीबनको अर्ध सतक पूरा गर्यौँ । त्यस्को ७० प्रतिशत समय त तिम्ले म सँगै बितायौ । आउ आज आफै न्यायाधीश बनेर मायाको निसाफ गरौँ । को नाफामा छ , को घाटामा छ , हिसाब गरौ !….हुनत मायामा हिसाब हुन्न ।

कस्ले बढि लियो, कस्ले बढि दियो तर हिसाबै गर्दा तिमि त प्लस नै प्लसमा छौ, मेरो खातामा त आएको मात्रै छ मैले तिमि बाट पाएको मात्रै छ ! म जस्तो अब्यबस्थित मान्छे संग जीबन बिताउनु पक्कै कठिन थियो । संघर्षका दिनमा तिमि मेरो सिढि बनेकि थियौँ ।

थकाइले गलेको अबस्थामा, सुस्ताउने पिढि बनेकि थियौँ । जताबाट हिसाब गरे पनि तिम्ले म बाट लिनु पर्ने नै देखिन्छ । आफ्नो त खातामा माइनस नै माइनस मात्रै भेटिन्छ ! यो मायाको ब्यापार घाटा स्विकार गर्दै , तिम्रो अगाडि गिर्न चाहन्छू । आई लभ यू भन्दै त्यो सबै रिन ,तिर्न चाहन्छू !’

नेपालका चर्चित हास्य कलाकार, अभिनेता, निर्माता तथा निर्देशक दीपक राज गिरि भन्ने वित्तिकी अर्की कलाकार दिपा श्रीको नाम आउँछ । उनीहरु कला र ब्यवसायका सहयात्री हुन् । तर दिपकराजको जिवनको वास्तविक सहयात्री भने मेनुका गिरि हुन् ।उनीहरुको विवाह भएको ३४ वर्ष भइसक्यो ।

दिपकराज सामाजिक सञ्जालमा निकै सकृय रहन्छन् । फेसवुकमा पनि उनका धेरै तस्बिर दिपासंग नै छन् ।यो उनको सफल ब्यवसायीक जिवनको सहयात्री भएकाले पनि उनीहरुको नाम जोडिने गरेको छ । उनीहरु भावनात्मक रुपमा पनि नजिक छन् ।सामाजिक सञ्जालमा प्राय उनको सहकर्मी अर्थात् हास्य कलाकार तथा निर्देशक दिपाश्री निरौलासङ नै भेटिन्छन् ।

केहि समयअघि मात्रै दिपासंग नाम जोडिँदै गर्दा दीपक राजको विवाह भएको पनि ३४ वर्ष पुरा भएको छ ।दिपक र मेनुकाको एक छोरी (मौसमी गिरि) र दुई छोराहरू (प्रसिद्ध राज गिरि र दिपेश राज गिरि) रहेका छन्। उनले रेडियो नाटक, टेलिभिजनमा हाँस्यव्यङ्ग्य सिरिज ‘तितो सत्य’ हुँदै ठुलो पर्दामा ‘छक्का पन्जा’ जस्ता कीर्तिमानी सिनेमा निर्माण गरेका छन् ।

दीपक राजले आफ्नो ३४ औ वैवाहिक वर्षगाँठको अवसरमा श्रीमती मेनुका गिरिसङको तस्बिर शेयर गर्दै यस्तो लेखेका छन् । उनले मेनुकाले जिवनको ३४ वर्ष दिएको साथ र भरोसाको निकै प्रशंसा गरेका छन् । ‘कति कुरा नभनेर नै मीठा मीठा होलान्, तर कति कुरा भनिएन भने तीता हुन सक्छन् । तिमिले मलाइ पायौ ,केबल मलाइ मात्रै पायौ । अनियन्त्रित एक सवारी लाई सही बाटोमा ल्यायौ ।

मेरा खुसीलाई आफ्नै खुसी ठान्यौ, मेरा दुखमा धेरै आशु झा¥यौ, तिमिलाइ के भनौँ, कसरी भनौँ ,तिमि छौ कस्तो । आफै खर्चिएर अरूलाई उज्यालो दिने, मैनबत्ती जस्तो । ३४ वर्ष पुगेछ सँग सँगै हिँडेको, कहीँ डगाउन दिइनौ सम्हालेर ल्यायौ, थाहा छैन बदलामा तिमिले के पायौँ, मलाइ न सोध मेरो ३४ वर्ष कस्तो भो, एक सुख्खा वृक्षले पानी पाए जस्तो भो ‘।’

Leave a Reply

Your email address will not be published.