काठमाडौं । प्रहरी जवान जनपदको लिखित परीक्षामा नक्कली विद्यार्थीले परीक्षा दिएको पाइएपछि २१ जनाको परीक्षा रद्ध गरिएको छ । बुधबार गोरखापत्रमा सुचना जारी गर्दै लोक सेवा आयोगले अर्कैलाई परीक्षा दिन लगाएका सबैको परीक्षा रद्ध गरेको जनाएको छ ।

अर्कैलाई परीक्षा लेख्न लगाएको पुष्टि भएपछि बैशाख ६ गते बसेको लोक सेवाको बैठकले सबैको परीक्षा रद्ध गर्ने निणर्य गरेको थियो ।

गत फागुन २२ गते भएको परीक्षामा उनीहरुले प्रवेश पत्र र नागरिकतामा फोटो बदलेर अर्कैलाई परीक्षा लेख्न गलाएको पुष्टि भएको हो । अर्कैलाई परीक्षा लेखाउने र लेखिदिने दुवैलाई ५ वर्षसम्म लोकसेवाको परीक्षा दिन नपाउने गरी कारवाहीको सिफारिससमेत गरेको जनाएको छ ।

महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पस, बाल जागृति मावि, अमिती कलेज कञ्चनपुर, अमिती कलेज महेन्द्रनगर, महेन्द्रनगर, दिपायल, लिटिल बुद्ध एकेडेमी महेन्द्रनगर, शन्ति निकेतन मावि महेन्द्रनगर, जानकी कन्या मावि महेन्द्रनगर परीक्षा केन्द्रमा भएको परीक्षामा २१ जना नक्कली विद्यार्थी उपस्थित भ एको पाइएको थियो ।

अर्कैलाई परीक्षा लेखाउनेहरुमा बझाङका दीपेन्द्रबहादुर कठायत, केशव द्वाल, कृष्ण खड्का, परशुराम कठायत, हेमन्त कडायत, सुवासबहादुर कठायत, विनोद कठायत, विन्दास ऐडी, सन्तोषकुमार साउद, रमेशकुमार चदांरा, अशोक ओखेडा, अनिल धमेना, सुन्दर चलाउने, रमेश कुँवर, विकास चलाउने, पूर्णप्रसाद जोशी रहेको सुचनामा जनाइएको छ ।

त्यस्तैगरी कैलालीका महेश चौधरी, सागरसिंह बगाल, धमेन गाउँपालिकाका दिपबहादुर ऐडी, अछामका रेवन्त खड्का र दार्चुलाका रोशन विष्टले आफ्नो नाममा अर्कैलाई परीक्षा दिन लगाएका थिए ।

Leave a Reply

Your email address will not be published.